• ५ असोज २०८३, सोमबार
  • ५ः४८ बेलुका

नेप्से परिसूचकमा ३ अंकले वृद्धि, कारोबार पौने ११ अर्ब

प्रकाशित मिति

२०८२ बैशाख १४ गते, आईतवार ०३:४८

वैशाख १४, २०८२ काठमाडौँ: साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढ्दै बन्द भएको छ । कारोबार अवधिभर उत्तारचढाव भईरहेको नेप्से परिसुचक अन्तिम समयमा ३.५८ अंकले बढ्दै २६ सय ६१ को विन्दुमा उक्लेर रोकिएको हो ।

National Life

आज कारोबार अवधिभर कुल ३ सय १४ कम्पनीका २ करोड ८४ लाख ३८ हजार ४ सय २८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ८७ करोड ८९ लाख रुपैयाँ माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ४१ कम्पनीको सेयरमूल्य घट्दा १ सय ४ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज कारोबारमा आएकामध्ये ७ समुहको उपसुचक उकालो लाग्दा बाँकी ५ समुहको उपसूचकमा गिरावट आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया