• ४ असोज २०८३, आइतबार
  • ६ः२९ बिहान

आइपिएलमा आज कोलकोता र सनराइजर्सबीच खेल हुदै

प्रकाशित मिति

२०८१ चैत्र २१ गते, बिहीबार १०:२८

चैत्र २१, २०८१ काठमाडौँ: जारी आइपिएल अन्तर्गत आज एक खेल हुदै छ । आज कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ ।

National Life

कोलकोतास्थित इडन गार्डेनमा हुने यो खेल नेपाल इसम्य अनुसार साँझ ७ :४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा कोलकोता नाइट राइडर्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ । कोलकोताले पहिलो खेलमा रोयल च्यालेन्जर्ससँग हारेको थियो भने दोस्रो खेलमा राजस्थान रोयल्सलाई पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा मुम्बई इण्डियन्ससँग हार बेहोरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै सनराइजर्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ । सनराइजर्सले पहिलो खेलमा राजस्थान रोयल्सलाई पराजित गरेको थियो भने त्यसपछि लखनउ सुपर जाइन्टस र दिल्ली क्यापिटल्ससँग हार बेहोरेको थियो ।

प्रतिकृया