• ८ असोज २०८३, बिहीबार
  • ७ः५३ बेलुका

संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

प्रकाशित मिति

२०८१ चैत्र १९ गते, मंगलवार १०:१९

चैत्र १९, २०८१ काठमाडौँ: सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन यही चैत १९ गते मङ्गलबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

National Life

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

नेपालको संविधानबमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै वा कुनै सदनको अधिवेशन आह्वान र अन्त्य गर्नसक्ने व्यवस्था छ । विधेयक अधिवेशनका रूपमा रहेको संसद्को चालु अधिवेशन गत माघ १८ गतेदेखि सुरु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया