• ३ असोज २०८३, शनिबार
  • ५ः४७ बेलुका

प्रतिनिधिसभाको यस्तो छ सम्भावित कार्यसूची, विपक्षीहरुको अडान यथावत

प्रकाशित मिति

२०८१ चैत्र १५ गते, शुक्रबार ०८:०५

चैत्र १५, २०८१ काठमाडौँ: आज प्रतिनिधिसभाको बैठक बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभाबाट संदेशसहित प्राप्त विधेयक टेबुल गरिने कार्यसूची रहेको छ भने व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ ।

National Life

बुधबार विपक्षी दलहरुले सरकारले कुलमान घिसिङलाई हटाएको बारे प्रधानमन्त्रीको जवाफ माग्दै संसद अवरुद्ध गरेपछि विहिबार बैठक बस्दै नबसी आजको लागि सारिएको थियो । सभामुखको पहलमा विहिबार दिनभरी सहमतिको प्रयास भएपनि विपक्षी दलहरुले कुलमानलाई हटाएको विषयमा संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान नछोडेपछि बैठक बस्न सकेको थिएन ।

अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले भने एउटा कर्मचारीलाई हटाएको विषयलाई इश्यु बनाएर संसद अवरुद्ध गरेको बन्दै आफुले संसदमा जवाफ नदिने बताइरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

आज प्रमुख विपक्षी दल माओवादी केन्द्र, अर्को दल एकीकृत समाजवादी रहेको समाजवादी मोर्चाको काठमाडौँमा गणतन्त्रको पक्षमा प्रदर्शनको कार्यक्रम रहेकाले संसद बैठक बस्ने सम्भावना कम नै रहेको छ ।

प्रतिकृया