• ३ असोज २०८३, शनिबार
  • ५ः४५ बेलुका

नेप्से परिसूचकमा २१ अङ्कको गिरावट

प्रकाशित मिति

२०८१ चैत्र ३ गते, आईतवार ०४:३५

चैत्र ३, २०८१ काठमाडौँ: साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७१४ दशमलव ८५ को विन्दुमा झरेको छ ।

National Life

आज ३१६ कम्पनीका एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता शेयर ७९ हजार ३१ पटक खरिद बिक्री हुँदा रू छ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ बराबरको कारोबार भएको छ । आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थीर रहेकाे छ ।

आज व्यापार समूह चार दशमलव ९२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक समूहको उपसूचक सबैभन्दा धेरै दुई दशमलव २५ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ८०, वित्त एक दशमलव ३९, होटल तथा पर्यटन शून्य दशमलव ५३, जलविद्युत् एक दशमलव २९, लगानी एक दशमलव ७२, जीवन बीमा एक दशमलव ०६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०१, लघुवित्त शून्य दशमलव ८८, म्युचुअल फन्ड शून्य दशमलव ०४, निर्जीवन बीमा शून्य दशमलव ७२ र अन्य समूह एक दशमलव ५२ प्रतिशतले घटेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै आठ दशमलव १९ प्रतिशतको वृद्धि देखिएको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सात दशमलव ९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५८ करोड ६६ लाख आठ हजार तीन सय ४८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको ११ लाख ९३ हजार नौ सय ३७ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिकृया