• 3:49 pm

डा. पुकार चन्द्र श्रेष्ठ सम्मानित

प्रकाशित मिति

२०८१ फाल्गुन २९ गते, बिहीबार ०३:५४

फाल्गुण २९, २०८१ काठमाडौँ: वरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ विश्व मिर्गौला दिवसको अवसरमा सम्मानित हुनु भएको छ ।

विश्व मृर्गौला दिवसको अवसरमा आयोजित एक विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र मिर्गौला पीडित सरोकार समाज नेपालका केन्द्रिय अध्यक्ष बलराम सुवेदीले डा. श्रेष्ठलाई सम्मान गर्नु भएको हो ।

नेपालमै सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने शल्य चिकित्सकका रूपमा परिचित डा. पुकार चन्द्र श्रेष्ठले हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १३७३ जनाको मिर्गौला र ३२ जनाको कलेजो सफलता पूर्वक प्रत्यारोण गरी सक्नु भएको छ ।

नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको सुरुवात गर्ने डा श्रेष्ठले मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र प्रत्यारापेण गर्ने ऐतिहासिक कार्यमा समेत महत्वपूर्ण योगदान दिनु भएको छ ।

प्रतिकृया