• ४ साउन २०८३, सोमबार
  • १:५३ बिहान

मंगलबार मात्रै म्याग्दीमा सात पटक भूकम्पको धक्का महसुस

प्रकाशित मिति

२०८१ फाल्गुन १३ गते, मंगलवार ०४:५१

फाल्गुण १३, २०८१ काठमाडौँ: पश्चिम म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकामा मंगलबार ७ पटक भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर ५२ मिनटमा मालिका–३, डाँडागाउँमा ३.४ म्याग्निच्यूडको भूकम्प र वडा नं ५ देविस्थानमा विहान ६ बजेर १३ मिनेटमा ३.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।

त्यस्तै धवलागिरी गाउँपालिका–३, मुनामा बिहानै ९ बजेर १८ मिनेटमा ३.४ म्याग्निच्यूड र वडा नं ४ मुदीमा ९ बजेर २६ मिनेटमा ३.६ म्याग्निच्यूडको भुकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भुकम्पविद् भरत कोइरालाले जानकारी दिए ।

Kamana Sewa

‘त्यस आसपासका क्षेत्रमा ७ पटक भुकम्प गएको छ, समुदायस्तरमा त्रसित हुनुपर्ने अवस्था छैन, सतर्कता आवश्यक छ,’ भूकम्पविद् कोइरालाले भने, ‘यो पराकम्प नभई छुट्टै भूकम्प हो । म्याग्दी र बागलुङ क्षेत्रमा भूकम्पको धक्का महसुस भइरहन्छ । पश्चिम म्याग्दी र छिमेकी जिल्ला बागलुङमा दुईदशक यता ४ देखि ५ रेक्टरस्केलका भूकम्पको २० पटकभन्दा बढी धक्का महसुस भएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ ।ू

Classic Tech Desktop

स्विजरल्याण्डको लुजान युनिभर्सिटीबाट पीएचडी गरेका डा. शिव सुवेदीले म्याग्दीको धौलागिरी हिमालको फेद हुदै एउटा भुकम्पको फल्ट रहेकाले बेलाबेलामा हलचहल भइरहने बताए । भूकम्पको मुख्य कारण प्लेट टेक्टोनिक्स भएको र म्याग्दी र बागलुङ क्षेत्र नेपाल इन्डियन प्लेट र तिब्बतियन प्लेटको घर्षण हुने ठाँउमा भएकाले जब इन्डियन प्लेट तिब्बतियन प्लेट मुनि घुस्छ जमिनमा शक्ति संचय गरी बाहिर आउने क्रममा धक्का महसुस हुने गरेको डा. सुवेदीको भनाइ छ ।

वि.स २०७४ साल असोज ३० गते धवलागिरी गापा–३, मुनालाई केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रतिकृया