• 9:22 am

इङ्लिस प्रिमियर लिग: लिभरपुल र एभर्टनले अंक बाँडे

प्रकाशित मिति

२०८१ फाल्गुन १ गते, बिहीबार १०:००

फाल्गुण १, २०८१ काठमाडौँ: इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा अन्तिम समयमा सम्हालिन नसक्दा लिभरपुलले एभर्टनसँग अंक बाँड्न बाध्य भएको छ । एभर्टनको घरेलु मैदानमा भएको खेलमा लिभरपुलसँग २–२ को बराबरी गर्दै एभर्टनले अंक खोस्न सफल भएको हो ।

पहिलो हाफको ११ औँ मिनेटमा नै बेटोको गोलमा एर्भटनले सुरुवाती अग्रता बनाएको थियो । तर १६ औँ मिनेटमा एलेसिस म्यक एलिस्टरको गोलमा लिभरपुल बराबरीमा आएको थियो ।

पहिलो हाफमा बराबरी भएको खेलको दोस्रो हाफमा दुबै टोलीले समान एक् गोल फर्काए । खेलको ७३ औँ मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले खेललाई २–१ को अवस्थामा पुर्याएको थियो ।

तर इन्ज्युरी समयमा जेम्स टारकोस्कीले गोल गर्दै एभर्टनलाई बराबरीमा ल्याए । खेलको अन्तिम मिनेटमा खेल केही तनावग्रस्त हुँदा दुबै टोलीका खेलाडीले समान एक रातो कार्ड पाए । १० खेलाडीमा सिमित बन्न पुगे ।

बराबरीका बावजुद शीर्ष स्थानको लिभरपुलले ७ अंकको अग्रता कायम राखेको छ । २४ खेलबाट १७ खेलमा जित, ६ खेलमा बराबरी र १ खेलका पराजित लिभरपुल ५७ अंकमा शीर्ष स्थानमा छ । दोस्रो स्थानको आर्सनलको समान खेलबाट ५० अंक छ ।

लिभरपुलसँग अंक खोसेको एभर्टन भने २७ अंकमा तालिकाको पन्द्रौँ स्थानमा छ ।

प्रतिकृया