• ४ असोज २०८३, आइतबार
  • ९ः२७ बिहान

महिला त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र थाइल्याण्ड भिड्दै

प्रकाशित मिति

२०८१ माघ २५ गते, शुक्रबार ०८:५५

माघ २५, २०८१ काठमाडौँ: जारी महिला त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपाल र थाइल्याण्डबीच खेल हुदै छ । टियु क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न सवा १२ देखि शुरु हुने छ । यो यस सिरिजको अन्तिम खेल हो ।

National Life

जारी सिरिजमा अहिलेसम्म थाइल्याण्डले खेलेका ५ खेलमा चार खेल जितेर ८ अंकसहित शिर्ष स्थानमा रहेको छ र उपाधिको प्रबल दाबेदार रहेको छ । त्यस्तै नेपालले भने अहिलेसम्म खेलेका पाँचै खेलमा हार बेहोरेको छ । आज नेपालले थाइल्याण्डलाई पराजित गरेर प्रतियोगितामा सान्त्वना जित हासिल गर्ने लक्ष्यका साथ खेल्ने छ । त्यस्तै नेदरल्याण्डसले आफ्ना ६ खेलमा ४ खेल जितेर ८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

क्यानले यस सिरिजका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टिम खेलाएको छ । नेपाली टिममा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सित राना मगर, पुजा महतो, बिन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, अलिशा के यादव, रोमा थापा, मनिष उपाध्याय र इश्वरी विष्ट रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया