एन्फा महिला लिगको फाइनलमा भिड्दै विभागीय क्लब पुलिस र एपिएफ
प्रकाशित मिति
२०८१ माघ १६ गते, बुधबार १२:१८
माघ १५, २०८१ काठमाडौँ: एन्फा महिला लिग फुटबलको उपाधिका लागि दुइ विभागीय क्लबहरु नेपाल पुलिस र शसस्त्र प्रहरी (एपिएफ) प्रतिस्पर्धा गर्दै छन्। फाइनल दशरथ रङ्गशालामा दिउँसो २ बजे सुरु हुने छ।
जारी लिगमा एपिएफ एकमात्र अपराजित टोली हो । एपिएफ जारी लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधिको मुख्य दाबेदारको रुपमा देखिएको छ। लिगको पहिलो चरणका ९ खेलमा ८ मा जित र १ बराबरी गर्दै २५ अंकका साथ शीर्षस्थानमा रहँदै एपिएफ अन्तिम चरणमा पुगेको थियो ।
पुलिसले पहिलो चरणमा ६ जित र ३ बराबरी नतिजाका साथ २१ अंक जोडेको थियो। पुलिस तेस्रो स्थानमा रहँदै अन्तिम चरण पुगेको थियो। अन्तिम चरण डबल राउन्ड रोबिन फरम्याटमा भयो। जहाँ एपिएएले सबै ८ खेल जित्यो। शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायर खेल्न सफल भएको थियो ।
पुलिसले भने ८ खेलमा ३ खेल जित्दा २ मा बराबरीको नतिजा निकालेको थियो भने ३ खेलमा हारको सामना गरेको थियो। ११ अंक सहित पुलिस तेस्रो स्थानमा रहँदै प्ले अफमा पुग्न सफल भएको थियो ।
एपिएफले आर्मीलाई पहिलो क्वालिफायरमा २-१ ले हराएर फाइनलमा स्थान बनाउँदा पुलिसले इलिमिनेटरमा बागमती युथ क्लबलाई १-० ले हराउँदै दोस्रो क्वालिफायरमामा स्थान बनाएको थियो। पुलिस भने आर्मीलाई टाइ-ब्रेकरमा हराउँदै फाइनलको यात्रा तय गर्न सफल भएको थियो ।






प्रतिकृया