• ४ असोज २०८३, आइतबार
  • ५ः३९ बेलुका

महिला यू-१९ विश्वकपमा आज नेपालले अस्ट्रेलियाको सामना गर्दै

प्रकाशित मिति

२०८१ माघ ९ गते, बुधबार ०९:३२

माघ ९, २०८१ काठमाडौँ: मलेसियामा जारी महिला यू-१९ टी-२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले आज अस्ट्रेलियाको सामना गर्दै छ । नेपाली समय अनुसार यो खेल अपराहन्न सवा १२ बजेदेखि शुरु हुदै छ ।

National Life

समुह डी मा रहेको नेपालले यस अघि दुवै खेलमा हार बेहोरेको छ र सुपर सिक्समा पुग्ने सम्भावना कम रहेको छ । त्यस्तै अस्ट्रेलियाले भने यस अघिका दुवै खेल जितेर सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरिसको छ । प्रतियोगिताकै प्रमुख दाबेदार रहेको अस्ट्रेलियालाई पराजित गरेमा नेपालको सुपर सिक्सको सम्भावना रहेको छ ।

विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय टिम मलेसिया पुगेको छ । नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

विश्वकपमा नेपाल समुह डी मा रहेको छ । समुह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् ।

मलेसियामा जनवरी १८ देखि शुरु हुने यस विश्वकपमा १६ देशले भाग लिदै छन् । जसमा नेपालसहित आयोजक मलेसिया, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् ।

प्रतिकृया