• 5:52 am

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा

प्रकाशित मिति

२०८१ माघ ३ गते, बिहीबार १०:३४

माघ ३, २०८१ काठमाडौँ: बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न राउण्ड १६ को खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा गाभी, जुलेस कोन्डे, राफिन्हा, फेरान टोरेज र लामिन यमलले एक एक गोल गरेका थिए । त्यसैगरी रियल बेटिसका लागि एक गोल भिटोर रोक्यूले गरेका थिए ।

अहिलेसम्म बार्सिलोनासहित भलेन्सिया, लेगानेज, गेटाफे र एटलेटिको म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा पुगिसकेका छन् ।

क्वाटरफाइनलको ड्र जनवरी २० मा हुने छ भने क्वाटरफाइनलका खेल फेब्रुअरीमा हुने छन् ।

प्रतिकृया