• 2:31 pm

आशिका तामाङ पक्राउ

प्रकाशित मिति

२०८१ माघ २ गते, बुधबार ०३:३४

माघ २, २०८१ काठमाडौँ: आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउने आशिका तामाङ पक्राउ परेकी छन् ।

प्रहरी अधिकारीहरुलाई अभद्र व्यवहार गरेको आरोपमा तामाङलाई प्रहरी बृत्त गौशालाले पक्राउ गरेको हो । उनलाई अदालतबाट अनुमति लिएर आशिकालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तामाङले केहि दिन अघि पशुपति मन्दिर परिसरमा प्रहरीलाई अभद्र व्यवहार गरेको बताइएको छ ।

प्रतिकृया