• ४ असोज २०८३, आइतबार
  • २ः५९ राती

महिला यू-१९ क्रिकेट टिमले आज वेस्टइन्डिजविरुद्ध अभ्यास खेल खेल्दै

प्रकाशित मिति

२०८१ पुष २९ गते, सोमबार १०:२४

पुष २९, २०८१ काठमाडौँ: महिला यू-१९ क्रिकेट विश्वकप खेल्न मलेसिया पुगेको नेपाली टिमले आज वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्ने भएको छ ।

National Life

नेपालले आज कोलेज टुनकु जाफर मैदानमा नेपाली समय अनुसार सवा १२ बजेदेखि वेस्टइन्डिजविरुद्ध यो अभ्यास खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

नेपालले विश्वकपका खेल खेल्नु अघि जनवरी १५ मा अमेरिकाविरुद्ध पनि अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय टिम मलेसिया पुगेको छ ।

नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।

विश्वकपमा नेपाल समुह डी मा रहेको छ । समुह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपालले पहिलो खेल जनवरी १८ मा बंगलादेशसँग खेल्दै छ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्दै छ । त्यस्तै जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन् ।

मलेसियामा जनवरी १८ देखि शुरु हुने यस विश्वकपमा १६ देशले भाग लिदै छन् । जसमा नेपालसहित आयोजक मलेसिया, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् ।

प्रतिकृया