• 2:59 pm

जय ट्रफीको फाइनलमा आर्मी र पुलिस भिड्ने

प्रकाशित मिति

२०८१ पुष २८ गते, आईतवार ०४:३०

पुष २८, २०८१ काठमाडौँ: नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब जारी जय ट्रफी एलिट कपको फाइनलमा पुगेका छन् ।

आज सम्पन्न तेस्रो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले आ-आफ्नो खेल जितेर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । आर्मीले मधेश प्रदेशलाई २ विकेटले पराजित गरेको थियो भने पुलिस क्लबले बागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको थियो ।

त्यसैगरी बागमती प्रदेश र मधेश प्रदेश भने तेस्रो र चौथो हुदै बाहिरिएका छन् । अब फाइनल खेल मंगलबार बीरगंजमा हुने छ । फाइनल खेल तीन दिवसीय हुने छ ।

प्रतिकृया