• ४ असोज २०८३, आइतबार
  • १२ः१६ राती

यू-१९ महिला विश्वकपका लागि नेपाली टोली घोषणा

प्रकाशित मिति

२०८१ पुष २१ गते, आईतवार ०८:४४

पुष २१, २०८१ काठमाडौँ: यू-१९ महिला टी२० विश्वकपका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार पुजा महत्तोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

National Life

त्यस्तै सोनी पाख्रिन उपकप्तान छिन् भने सदस्यहरुमा सना प्रविन, ज्योत्सिनिका मरासिनी, कुशुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विक, किरनकुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचनाकुमारी चौधरी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।

जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यू-१९ महिला टी२० विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता छ । यू-१९ महिला विश्वकपको यो दोस्रो संस्करण हो भने नेपालले पहिलो पटक खेल्न लागेको हो । समूह ‘डी’ मा रहेको नेपालले बंगलादेश, अस्ट्रेलिया र स्कटल्याण्डको सामना गर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

गत नोभेम्बरमा यूएईमा भएको आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोटको उपाधि जित्दै नेपाल पहिलो पटक यू(१९ महिला विश्वकपकमा छनोट भएको थियो । त्यसपछि नपालले यू-१९ महिला एसिया कप समेत खेल्न पाएको थियो जहाँ नेपालले पाकिस्तानलाई हराएको थियो ।

प्रतिकृया