• ५ असोज २०८३, सोमबार
  • ३ः३९ राती

कप्तान किरणको प्रधानमन्त्री ओलीसँग भेटवार्ता

प्रकाशित मिति

२०८१ पुष १६ गते, मंगलवार १०:४५

पुष १६, २०८१ काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले एसिया कप छनोट खेल नेपालमै गर्नका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

National Life

सोमबार प्रधानमन्त्री ओलीसँगको भेटपछि उनले नेपालमै एएफसी एसिया कपको छनोट खेल आयोजना गर्नको लागि पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीलाई भेटेपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्-

Classic Tech Mobile
Classic Tech Desktop

आजको दिन विशेष रह्यो। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग भेट्ने मौका मिल्यो। नेपाली खेलकुदप्रति उहाँले देखाउनुभएको माया र प्रतिबद्धताले हामीलाई हौसला मिलेको छ । सम्माननीय प्रधानमन्त्रीज्यूले खेलकुद मनोरञ्जनको साधन मात्र नभएर राष्ट्रनिर्माणको आधार भएको बताउँदै नेपाली फुटबललाई विश्वस्तरमा पुर्याउन देखाउनुभएको दृढ इच्छाशक्ति र सहयोगप्रति हामी आभारी छौँ । नेपाली खेल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन भविष्यमा महत्वपूर्ण निर्णयहरू हुनेछन् भन्ने विश्वास छ। हामीले नेपालमै एएफसी एसिया कपको छनोट खेल आयोजना गर्नको लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई पहलकदमीको लागि अनुरोध गरिसकेका छौँ। उहाँको सकारात्मक पहलकदमीले सकारात्मक परिणाम आउनेमा हामीलाई विश्वास छ। पुनः नेपाली खेलकुदप्रति उहाँले देखाउनुभएको सहयोग, सद्भाव र अग्रसरताको प्रशंसा गर्दै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ ।

एएफसी एसियन कप २०२७ को छनोट चरणको अन्तिम चरणमा नेपाल रहेको समूह ‘एफ’ मा भियतनाम, लाओस र मलेसिया छन् । जसअन्तर्गत नेपालले मार्च २५ मा होम खेल मलेसियासँग खेल्ने छ । तर दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता पाउने वा नपाउने निश्चित नहुँदा नेपालले आफ्नो घरेलु मैदानमा खेल्ने निश्चित छैन ।

मलेसियासँगको खेल अघि नै दशरथ रंगशालाको गुणस्तर सुधार गर्दै अन्तर्राष्ट्रिय मान्यता कायम गराउन कप्तान किरणले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् । खेलअघि एसियाली फुटबल महासंघका प्रतिनिधिले दशरथ रंगशालाको निरीक्षण गर्नेछन् ।

यस अघि रंगशालाको मैदान खराब भएपछि नेपालले आफ्नो होम म्याच समेत विदेशमा खेलेको थियो ।

प्रतिकृया