• ४ असोज २०८३, आइतबार
  • ६ः२३ बिहान

एनपीएलको फाइनल आज : सुदूरपश्चिम र जनकपुर भिड्दैं, कसले जित्ला उपाधि ?

प्रकाशित मिति

२०८१ पुष ६ गते, शनिबार ०९:३०

पुष ६, २०८१ काठमाडौँ: पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्त सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच शनिबार त्रिवि क्रिकेट मैदानमा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरू हुनेछ ।

National Life

प्रतियोगिताको दोस्रो क्‍वालिफायरमा जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराएर फाइनल स्थान पक्का गरेको थियो । पहिलो प्लेअफमा सुदूरपश्चिमले जनकपुरमाथि आठ विकेट जित निकाली अन्तिम दुई स्थान सुरुमा पक्का गरेको थियो ।

यी दुईलाई सुरुदेखि नै उत्कृष्ट टिम मानिँदै आएको थियो । त्यसैले फाइनल पूर्णतः रोमाञ्चक, सनसनीपूर्ण र प्रतिस्पर्धात्मक हुने अनुमान छ । उपाधि जित्ने टिमले १ करोड १० लाख रुपैयाँ हात पार्नेछ । नेपाली खेलकुद इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि हो । दोस्रो हुनेको भागमा जानेछ ५१ लाख रुपैयाँ ।

Classic Tech Mobile
Classic Tech Desktop

सहभागी आठ फ्रेन्चाइज टोलीमध्ये सुदूरपश्चिम सबैभन्दा उत्कृष्ट लयमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानी रहेको सुदूरपश्चिम रोयल्समा आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ छन् भने विदेशी खेलाडीमा ब्रान्डन मक्मलेन (स्कटल्यान्) , सेफ अलि जेब (इंग्ल्यान्ड) , स्कट कुग्लेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (यूएई) छन् ।

आसिफ शेखको नेतृत्वमा रहेको जनकपुर बोल्ट्समा अनिल शाह, ललित राजवंशी, हेमन्त धामी, किशोर महतो, शेर मल्ल, आकाश त्रिपाठी, शुब कंसाकार, रुपेश सिंह, तुल थापा, अरनिको यादव यसैगरी अनिल शाह, ललित राजवंशी, हेमन्त धामी, किशोर महतो, शेर मल्ल, आकाश त्रिपाठी, शुब कंसाकार, रुपेश सिंह, तुल थापा, अरनिको यादव यसैगरी जिम्मी निसम (न्युजिल्याण्ड), जोसुआ ट्रोम्प (अमेरिका), मोहमद मोहसिन (पाकिस्तान), लहिरु मिलान्था (अमेरिका), सोहेब मक्सुद (पाकिस्तान) छन् । मुख्य प्रशिक्षक पुबुदु दासानायके छन् ।

फाइनलअघि शुक्रबार त्रिवि क्रिकेट मैदानमा सानो अन्तरक्रिया कार्यक्रम राखिएको थियो जहाँ दुई कप्तानहरू दिपेन्द्रसिंह ऐरी र आसिफ शेख सँगै उपस्थित थिए । दुवै टिमका कप्तानले आफूहरू शनिबारको फाइनल खेलका लागि तयार रहेको प्रतिक्रिया दिए ।

प्रतिकृया