एनपीएल : चितवन राइनोजविरुद्ध रोहितको अर्धशतक
प्रकाशित मिति
२०८१ मंसिर २५ गते, मंगलवार १०:४३
मंसिर २५, २०८१ काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सका कप्तान समेत रहेका रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् ।
मंगलबार बिहान चितवन राइनोजविरुद्धको खेलमा उनले आफ्नो अर्धशतक पूरा गरेका हुन् । उनले ४३ बलमा ३ पटक छक्का र २ पटक चौकाको प्रहारमा ५० रन पूरा गरेका हुन् ।
त्यसो त यसअघि उनले झण्डै शतक बनाएका थिए । उनले पोखरा एभेन्जर्ससँग ९५ रन बनाउन सफल भएका थिए ।
जारी एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडी बनेका रोहितले अहिलेसम्म यसअघिको ४ खेलमा १८१ रन बनाएका थिए । त्यसो त आज ५० रन पूरा गरेसँगै उनले २३० रन कटाइसकेका छन् ।
Recent News
- अल नासरमा सम्झौता नवीकरण गर्दै रोनाल्डो
- तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः विश्व स्वास्थ्य सङ्गठन
- सरकार ढल्ने निराधार हल्ला भ्रम मात्रै हो : प्रधानमन्त्री ओली
- चार सय किलोबढी रक्तचन्दन सहित दुई जना पक्राउ
- विपक्षी दलको साझा धारणा बनाउने जिम्मा वर्षमान र वेदुरामलाई
- एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
- सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
- सिंहदरबारमा विपक्षी दलको बैठक- तत्काल संसद बोलाउन दबाब दिने निर्णय
- भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिऔँ : उपप्रमुख डंगोल
- काठमाडौँ अदालतमा रवि लामिछानेका पक्षमा थुनछेक बहस सुरु
प्रतिकृया