• 5:10 am

एनपीएलमा आज पनि दुई खेल, भिड्दै छन् यी ४ टिम

प्रकाशित मिति

२०८१ मंसिर १९ गते, बुधबार ०८:५६

मंसिर १९, २०८१ काठमाडौँ: काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पनि दुई खेल हुँदै छन्।

जसअनुसार आजको पहिलो खेलमा कर्णाली याक्स र काठमान्डु गुर्खाज भिड्दै छन् भने दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ।

त्रिवि क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ।

एनपीएलमा दोस्रो खेल खेल्न लागेका कर्णाली र काठमाडौँ दुवै टोली पहिलो जित हासिल गर्न चाहन्छन्।

प्रतिकृया