• 3:31 pm

एनपीएलमा आज दुई खेल हुदै

प्रकाशित मिति

२०८१ मंसिर १८ गते, मंगलवार ०७:२८

मंसिर १८, २०८१ काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा सुदूरपश्चिको यो पहिलो खेल हो भने विराटनगरले पहिलो खेलमा जनकपुरसँग हार बेहोरेको थियो । यो खेल बिहान ९: १५ बजेदेखि शुरु हुदै छ ।

त्यस्तै आज चितवन राइनोज र पोखरा एभेन्जर्सबीच दोस्रो खेल हुदै छ । चितवनले यसअघि आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो भने पोखराको प्रतियोगितामा पहिलो खेल हो । यो खेल दिउँसो १: १५ बजेदेखि सुरु हुनेछ ।

मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ८ फ्रेन्चाइजीले भाग लिएका छन् । प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ ।

प्रतिकृया