• ९ असोज २०८३, शुक्रबार
  • २ः३५ राती

तराईका केही भूभागमा हुस्सु-कुहिरो, अन्य भागको मौसम कस्तो रहला ?

प्रकाशित मिति

२०८१ कार्तिक ३० गते, शुक्रबार ०९:५३

कार्तिक ३० , २०८१ काठमाडौँ: देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

National Life

अहिले बिहान गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भू–भागका केही स्थानहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको अवस्था छ।

शुक्रबार दिउँसोपख कोशी, बागमतीर गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखी मुख्यतया सफा रहने छ।

Classic Tech Mobile
Classic Tech Desktop

राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

प्रतिकृया