• १० असोज २०८३, शनिबार
  • १२ः२२ राती

सिड र युपिआर समिक्षा प्रतिवेदनका लागि छलफल

प्रकाशित मिति

२०८१ कार्तिक १३ गते, मंगलवार १२:२४

कार्तिक १३ , २०८१ काठमाडौँ: एटविनले महिला विरुद्ध हुने सबैखाले भेदभाव उन्मुलन गर्ने महासन्धी(सिड) र विश्वव्यापी आवधिक समिक्षा(युपीआर)का लागि नागरिक समाजको तर्फबाट प्रतिवेदन तयार गर्न छलफलको आयोजना गरेको छ ।

National Life

महिला तथा बालवालिका वेचविखन विरुद्ध सहकर्मी समूह–नेपाल (एटविन)मा यस क्षेत्रमा काम गर्ने देशभरका सङ्घ संस्था आवद्ध छन् । एटविनद्वारा आइतवार राजधानीमा आयोजित कार्यक्रममा काठडमाडौं स्कुल अफ लका सह–प्राध्यापक कपिल अर्यालले सिड महासन्धी सम्वन्धी र अभियन्ता सम्झा श्रेष्ठले विश्वव्यापी आवधिक समिति सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सह प्राध्यापक अर्यालले सिडमा लैङ्गीक समानताको मुद्दा समेटएिकोले हरेक पाँच वर्षको अन्तरालमा संयुक्त राष्ट्र सङ्घमा सो महासन्धीमा हस्ताक्षर गरेका देशले आफ्नो देशमा भइरहेको गतिविधी बारे प्रतिवेदन बनाएर प्रस्तुत गर्नुपर्ने प्रावधान रहेको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी अभियन्ता सम्झा श्रेष्ठले विश्वव्यापी आवधिक समिक्षाबारे संयुक्त राष्ट्र सङ्घको मानव अधिकार कमिटिमा चार–चार वर्षको अन्तरालमा विभिन्न देशमा मानवअधिकारको क्षेत्रमा भइरहेको गतिविधी समेटेर प्रतिवेदन प्रस्तुत गर्नुपर्ने स्पष्ट पानुभयो ।

एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरुङले सिड र युपिआरको छाया प्रतिवेदन नागरिक समाजको तर्फबाट तयार गर्ने सिलसिलामा मानव बेचविखन विरुद्ध काम गर्ने संस्थाका प्रतिनिधी, विज्ञ र सञ्चारकर्मीसँग छलफलको आयोजना गरिएको र यस छलफलबाट प्राप्त सुझावलाई नेपालको तर्फबाट संयुक्त राष्ट्र सङ्घको सम्वन्धीत समितिमा प्रस्तुत गर्नका लागि नेपालको तर्फबाट नेतृत्व गर्ने संस्थासम्म समन्वय गर्ने बताउनुभयो ।

एट्विनका अध्यक्ष तारा भण्डारीले मानव बेचबिखनको सवालमा राज्यको सहयोगीको भूमिकामा काम भइरहेको र सिड तथा युपिआरको प्रतिवेदन तयार गर्न पनि सामुहिक प्रयास जारी रहेको बताउनुभयो ।

संस्थाका उपाध्यक्ष चरिमाया तामाङले पार्लेमो प्रोटोकलको नेपाल पक्ष राष्ट्र हो तर सो प्रोटोकल अनुसार नेपालले मानव बेचबिखन विरुद्ध काम गर्न सहयोग पु-याउने ऐन, नीति, नियमावली परिमार्जन हुन आवश्यक रहेको बताउनुभयो ।

प्रतिकृया