• ८ असोज २०८३, बिहीबार
  • ७ः४५ बेलुका

बाढी पहिरोले पुर्याएको क्षतिले पीडाबोध भयो- पूर्वराजा ज्ञानेन्द्र

प्रकाशित मिति

२०८१ आश्विन १३ गते, आईतवार १०:१२

असोज १३ , २०८१ काठमाडौँ: पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुरयाएको क्षति प्रति दुःख ब्यक्त गर्दै नेपालीको जीवन गुमेको, घाईते हुनु परेको र आफ्नो जायजेथा गुमाउनु परेको सुन्नु पर्दा अत्यन्त पीडाबोध भएको बताएका छन् ।

National Life

आइतबार एक विज्ञप्ति जारी गर्दै पुर्व राजा ज्ञानेन्द्रले यो बेला भारी बर्षा हुन सक्छ भन्ने मौसमी पूर्व सूचना हुदा हुँदै त्यसमा अग्रीम तत्परता तथा पूर्व प्रतिकार्य नभएर यति ठुलो मानवीय र भौतिक क्षति हुनु निकै नै दःखद कुरा भएको बताएका छन् ।

उनले भनेका छन्- ‘हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुवान र भू–क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया हो । त्यसैले रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त व्यवस्थामा ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्नेछ ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले दशै तिहार जस्ता हाम्रा महत्वपूर्ण पर्वहरु निकट आइरहेको यो समयमा आवागमनका धेरै राजमार्ग र सडक संजालहरु अवरुद्ध हुन गएको र त्यसबाट जनजीवनमा असुविधा पुग्न गएको प्रति पनि आफ्नो गम्भिर चासो रहेको बताएका छन् ।

साथै उनले यो स्थितिमा मृतक परिवारलाई उचित राहत, वेपत्ताहरुको खोजी तथा घाइतेहरुको सिघ्र उपचार हुनु पर्ने भन्दै अस्तब्यस्त जनजीवनलाई सुधार गर्ने तर्फ राज्यले तदारुक प्रयत्न गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्- ‘प्रकृति, परिवेश र प्रवृत्ति अनुरुप हाम्रा विकास प्रकृया अघि बढ्नुपर्दछ । आफ्नो परिवेश माथि खेलवाड हुने बस्ति, ब्यवस्था र विकास गतिविधीले विपत्ति र विनास मात्रै निम्त्याउँदछ । त्यसमा हामी सबैको ध्यान पुग्नु पर्दछ भन्ने हाम्रो दृष्टिकोण हो । शोक, वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनासको यो बेला प्रयाप्त सहयोग, सुब्यवस्था, निगरानी पुगोस भन्ने हाम्रो चाहना छ ।’

प्रतिकृया