दसैंतिहारका लागि खाद्यले सुरु गर्यो सहुलियत पसल, ६१ ठाउँमा विस्तार गरिने
प्रकाशित मिति
२०८१ आश्विन ४ गते, शुक्रबार ०९:४९
असोज ४, २०८१ काठमाडौँ: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैं, तिहार र छठलाई लक्ष्य गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ। बिहीबारबाट रामशाहपथ, थापाथली, सूर्यविनायक र नख्खु गोदामबाट खाद्यान्नमा छुट दिएको छ। दाल, चामलमा प्रतिकिलो न्यूनतम ५ रुपैयाँ छुट दिइएको छ।
एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँमा विस्तार गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताए । कर्णालीको सिमी, गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ।
विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मौदा चिउरा र चना, चिनीमा ५ रुपैयाँदेखि ७ रुपैयाँसम्म छुट दिइएको छ। माघ २ सम्म सञ्चालन हुने सहुलियत पसलबाट खाद्यले ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य राखेको छ ।
प्रतिकृया