• ५ असोज २०८३, सोमबार
  • १०ः२८ बिहान

मिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाशको निधन

प्रकाशित मिति

२०८१ आश्विन २ गते, बुधबार ०२:२२

असोज २ , २०८१ काठमाडौँ: पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ ।

National Life

गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि तत्काल धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्‍याइएको थियो । तर, उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मोरङको पथरी १ घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौं जितेका थिए ।

प्रतिकृया