• १८ भदौ २०८३, बिहीबार
  • ७ः०८ बेलुका

गोरखामा पहिरो खस्दा एकै परिवारका तीनसहित पाँचजना बेपत्ता

प्रकाशित मिति

२०८१ श्रावण १३ गते, आईतवार १२:४९

साउन १३, २०८१ काठमाडौँ: गोरखाको उत्तरी गाउँपालिका धार्चेको रेसेफाँटमा पहिरो खस्दा एकै परिवारका तीन जनासहित पाँच जना बेपत्ता भएका छन् । बिहान तीन बजेतिर स्थानीय जीतबहादुर गुरुङको कृषि फर्म र एउटा घर पहिरोले बगाएको हो ।

पहिरोमा पुरिएर जीतबहादुरसहित उनकी श्रीमती ३५ वर्षिया कान्छी माया, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, ३३ वर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ वर्षीय रमेश परियार वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

Kamana Sewa

एकै घरपरिवारका तीन जना र बाँकी दुई जना फर्ममा काम गर्ने व्यक्ति बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय मिलेर उनीहरुको खोजी कार्य भइरहको छ । पहिरोमा पुरिएका अन्य दुई जनालाई भने घाइते अवस्थामा उद्दार गरिएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

Classic Tech Desktop

३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय थमबहादुर गुरुङलाई घाइते अवस्थामा उद्दार गरिएको हो । उनीहरुलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको श्रेष्ठले बताए ।

उद्दारका लागि थप सुरक्षाटोलि घटनास्थलतर्फ पठाइएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

प्रतिकृया