• २८ भदौ २०८३, आइतबार
  • ३ः३१ दिउँसो

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा रिट

प्रकाशित मिति

२०८१ असार ३१ गते, सोमबार ११:३९

असार ३१, २०८१ काठमाडौँ: एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताले सर्वोच्चमा रिद दर्ता गराएका हुन् ।

National Life

रिट निवेदकला संवोधानको धारा ७६ (२) अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था संविधानमा रहेको दाबी गर्दै राष्ट्रपतिले त्यसो नगरेको हुँदा ओलीको नियुक्ति असंवैधानिर रहेको दाबी गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए । यसअघि संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

रिटमा एउटा धारा फेल भएपछि अर्को धारामा जाने संविधानको व्यवस्था भएको जिकिर गर्दै संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुईभन्दा बढी दलको समर्थनमा प्रतिनिधि सभा सदस्यको रुपमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको र उनले विश्वासको मत नपाए ७६ (३) को सरकार बन्नु पर्ने संवैधानिक व्यवस्था रहेकोले यसबाट बाहिर जान नमिल्ने दाबी गरिएको छ ।

प्रतिकृया