• ८ असोज २०८३, बिहीबार
  • ६ः४० बेलुका

जीबी राईको लोकेशन पत्ता लागिसक्यो- गृहमन्त्री लामिछाने

प्रकाशित मिति

२०८१ असार ६ गते, बिहीबार ०४:०१

असार ६, २०८१ चितवन : चितवन पुगेर गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जीबी राई मलेसियामा रहेको लोकेसन पत्ता लागेको बताएका छन् ।

National Life

विहिबार बिहान चितवन पुगेका गृहमन्त्री लामिछानेले पत्रकारहरुसँग कुरा गर्दै आफू मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग लगातार सम्पर्कमा रहेको र त्यहाँका गृहमन्त्री सैफुद्दिनले फरार जीबी राईको लोकेशन कन्फर्म गरिसकेको बताए ।

उनले मलेसियाका गृहमन्त्रीको भनाई उद्धृत गर्दै उनले जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताए । गृहमन्त्री लामिछानेले त्यहाँको लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइ भइरहेको र कोसिस जारी रहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

गृह मन्त्रालयले करिब डेढ महिनाअघि परराष्ट्र मन्त्रालय हुँदै मलेशियालाई पत्र पठाएर नेपालमा प्रहरीको खोजी सूचीमा रहेका राईलाई पक्राउ गरेर नेपाल फर्काइदिन अनुरोध गरेको थियो । तर औपचारिक पत्र पठाएर राईलाई स्वदेश फर्काइदिन गरेको आग्रहबारे मलेशियाले हालसम्म कुनै औपचारिक जबाफ दिएको छैन् ।

प्रतिकृया