• ८ असोज २०८३, बिहीबार
  • ९ः१३ राती

प्रतिनिधिसभा बैठक: सांसदहरूका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

प्रकाशित मिति

२०८१ असार ६ गते, बिहीबार ०८:१२

असार ६, २०८१ काठमाडौँ: संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आजपनि बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने तयारी रहेको छ।

National Life

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद- ९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै, बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची पनि छ।

Classic Tech Mobile
Classic Tech Desktop

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन्।

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिकृया