• 11:03 am

जनमतका सतिश सिंह मधेस प्रदेशकाे मुख्यमन्त्री बन्दै

प्रकाशित मिति

२०८१ जेष्ठ २४ गते, बिहीबार १०:४४

जेठ २४, २०८१ काठमाडौँ: मधेस प्रदेशमा जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह मुख्यमन्त्री बन्ने भएका छन् । सप्तरी क्षेत्र नम्बर २ को (१) बाट निर्वाचित भएका उनलाई मुख्यमन्त्री बनाउनेनिर्णय गरेकाे हाे ।

जनमत संसदी दलका नेता महेश प्रसाद यादव छन्। तर पार्टीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हाे । जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव हिजो विश्वासको मत नपाएपछि सोही राति प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी छन् ।

आजै सिंहलाई मुख्यमन्त्री बनाउन दलहरूले बहुमतसहित प्रदेश प्रमुखलाई दावी पेस गर्ने दलहरूको तयारी छ । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा सिंहले आजै सरकारमा दाबी पेश गर्ने तयारी गरेका छन्। यसअघि जनमत संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भएको भएपनि जनमतले सिंहलाई अगाडि सारेको छ ।

मधेसमा जनमत पार्टीको १३, एमालेको २४, माओवादी केन्द्रको ९, एकीकृत समाजवादीको ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद गरी ५४ सांसदको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी गरेको छ ।

प्रतिकृया