• 9:52 pm

डडेलधुरामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते

प्रकाशित मिति

May 5, 2024

वैशाख २३, २०८१ डडेलधुरा : डडेलधुरामा गए राति ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–४, सिरोडको भित्री सडकमा वाग्मती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा धादिङका ४० वर्षीय चालक धीरज थापामगर र २७ वर्षीय विष्णु विकको मृत्यु भएको उक्त कार्यालयका सूचना अधिकारी कुसुम नायकले बताए । उनीहरूको उपचारका क्रममा डडेलधुरा अस्पतालमा मृत्यु भएको हो ।

धादिङकै ३१ वर्षीय सुदीप विक र डडेलधुराका २८ वर्षीय हिक्मत विक घाइते छन् । सोही अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

प्रतिकृया