• 8:29 am

ललितपुर मेयरर्स कपको फाइनल आज, एपीएफ र सुदूरपश्चिम भिड्ने

प्रकाशित मिति

२०८१ जेष्ठ ५ गते, शनिबार ०९:१७

जेठ ५, २०८१ काठमाडौँ: ललितपुर मेयरर्स कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान १० बजे सुरु हुने फाइनलमा एपीएफ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।

जारी प्रतियोगितामा एपीएफले आफ्ना सबै चार खेल जितेर शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । यस्तै, सुदूरपश्चिमले आफ्ना ४ मध्ये ३ खेल जितेर दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।

ललितपुर मेयर्स कपमा एपीएफ र सुदूरपश्चिमसहित ५ टिमले भाग लिएका छन् । जसमा एपीएफ, सुदूरपश्चिम प्रदेशसहित ललितपुर मेयर–११, बागमती प्रदेश र कोशी प्रदेशका टिम सहभागी रहे ।

प्रतिकृया