राष्ट्र बैंकको कठोर नीतिले रियलस्टेट क्षेत्र सिथिल भएको आरोप
प्रकाशित मिति
२०८१ बैशाख १९ गते, बुधबार १२:१२
वैशाख १८, २०८१ काठमाडौँ: नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले नेपाल राष्ट्र बैंकले लिएको कठोर नीतिले रियलस्टेट क्षेत्रमा सिथिलता देखिएको बताएका छन् । बुधबार नेपाल जग्गा तथा आवास विकास संघको १७ औँ वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
अहिले राष्ट्र बैंकले लोन टु भ्यालु रेसियो र कर्जा आम्दानी अनुपात ५० प्रतिशत राखेको छ । अध्यक्ष लोहनीले घरजग्गा व्यवसायलाई चलायमान बनाउन आगामी बजेट तथा राष्ट्र बैंकले मोनिटरी पोलिसीमार्फत् लोन टु भ्यालुलाई ७० प्रतिशत र कर्जा आम्दानी अनुपातलाई बढाएर ८० प्रतिशत पुर्याउन माग गरे ।
राष्ट्र बैंकले लचिलो नीति नलिएमा नयाँ रियलस्टेटमा चलिरहेका प्रोजेक्टहरू समेत संचालन हुन नसकिने उनको भनाइ छ ।
प्रतिकृया