• 7:38 pm

सुनचाँदीको मूल्य बढ्यो

प्रकाशित मिति

April 24, 2024

वैशाख १२, २०८१ काठमाडौँ: नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ५०० रुपैयाँले सुनकाे मूल्य बढेको छ ।

बुधबार छापावाल सुन तोलामा एक लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३५ हजार ५०० रुपैयाँ कारोबार भएको थियो ।

बुधबार तेजाबी सुन तोलामा एक लाख ३५ हजार ३५० रुपैयाँ कारोबार भइरहेको छ । यस्तै, बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ । यस दिन चाँदी तोलामा एक हजार ६७० रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया