• 6:38 pm

अमेरिकी विदेशमन्त्री चीन जाँदै

प्रकाशित मिति

April 21, 2024

वैशाख ९, २०८१ वासिंटन : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तीन दिने भ्रमणका लागि चीन जाने भएका छन् । उनले यही अप्रिल २४ देखि २६ सम्म चीन भ्रमण गर्न लागेका हुन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार ब्लिन्केनले चीनका अधिकारीहरूसँग दुई देशको सम्बन्धका बारेमा कुराकानी गर्नेछन् । यसबाहेक मध्यपूर्वको तनाव, रुस–युक्रेन जारी युद्ध र दक्षिण चीन सागरको मुद्दाका बारेमा पनि भ्रमणका समयमा कुराकानी हुने जनाइएको छ । बीबीसी

प्रतिकृया