• 4:15 am

नौ महिनापछि अमेरिकमा टिकटकमाथि प्रतिबन्ध

प्रकाशित मिति

April 24, 2024

वैशाख १२, २०८१ वाशिङ्टन : अमेरिकी माथिल्लो सदन सिनेटले पनि टिकटकलाई रोक लगाउनेसम्बन्धी विधेयक पास गरेको छ । तल्लो सदन कंग्रेसले गएको शनिबार नै सोसम्बन्धी विधेयक पास गरेको थियो ।

यो विधेयकले टिकटकको सञ्चालक कम्पनी बाइटडान्सलाई यसको हिस्सेदारी बेच्न समय दिएको छ । यदी बिक्री नगरेमा नौ महिनापछि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ । सो विधेयक राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि कानुन बन्नेछ । त्यो अवस्थामा बाइटडान्सले चिनियाँ अधिकारीहरूसँग त्यसको बिक्रीसम्बन्धी अनुमति लिनुपर्नेछ । त्यसको विरुद्धमा बेइजिङ रहेको छ । विश्लेषकहरूका अनुसार यो प्रक्रियाले लामो समय लिन सक्नेछ ।

यससम्बन्धी मंगलबार भएको मतदानका क्रममा ७९ जना सिनेटरले पक्षमा मतदान गरेका थिए भने १८ जनाले विपक्षमा मतदान गरेका थिए ।
“हामीले वर्षौंसम्म चिनियाँ कम्युनिस्ट पार्टीलाई अमेरिकामा एउटा धेरै पोपुलर एप्सको नियन्त्रण गर्न दियौं । त्यो खतरनाक रूपमा अदूरदर्शी काम थियो,” रिपब्लिकन सिनेटर मार्को रुबियोले इन्टेलिजेन्स कमिटीमा भनेका थिए ।

“यसको एप बिक्री गर्न चिनियाँ मालिकलाई नयाँ कानुनको आवश्यकता पर्नेछ, यो अमेरिकाका लागि राम्रो पक्ष हो,” उनले भनेका छन् । बीबीसी

प्रतिकृया