• 12:22 pm

गर्मी अत्याधिक भएपछि अदालतले विद्यालय बन्द गर्न आदेश दियो

प्रकाशित मिति

२०८१ बैशाख १८ गते, मंगलवार १०:१४

वैशाख १८, २०८१ काठमाडौँ: बंगलादेशको एक अदालतले अत्याधिक गर्मी बढेको भन्दै विद्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएको हो । जलवायु परिवर्तनका कारण तातो हावा चल्दा देशभर शिक्षक, कर्मचारी र विद्याथीहरू बिरामी परेका वा मृत्यु भएका खबर सार्वजनिक भएपछि विद्यालय बन्द गर्नु पर्ने अदालतको ठहर छ ।

पछिल्लो एक हप्तामा राजधानी ढाकाको औसत तापक्रम दिनहुँ बढ्दो क्रममा छ । अत्यधिक गर्मीका कारण बंगलादेशमा कम्तीमा सात जनाको मृत्यु भइसकेको छ । उच्च अदालतका दुई न्यायाधीशको संयुक्त इजलाशले ‘गर्मीका कारण सबै प्राथमिक र माध्यमिक विद्यालय र मदरसाहरू बन्द गर्ने’ आदेश जारी गरेको हो ।

अदालतले आगामी आइतबारसम्म अनुमानित तीन करोड २० लाख विद्यार्थीका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ । बङ्गलादेशको मौसम विभागले बिहीबारसम्म तापक्रम नघट्ने जनाएको छ ।

मौसमविद् मोहम्मद अबुल कलाम मल्लिकले सन् १९४८ मा रेकर्ड सुरु भएयता बङ्गलादेशमा यति ठूलो गर्मी अहिलेसम्म कहिलै अनुभव नगरेको बताए । बढ्दो तापक्रमले बङ्लादेशको लगभग तीन चौथाई भागलाई असर गरेको छ ।

प्रतिकृया