• ९ असोज २०८३, शुक्रबार
  • ५ः१७ बिहान

पर्यटन बोर्डको उपाध्यक्षमा कमल सापकोटा नियुक्त

प्रकाशित मिति

२०८१ बैशाख ३ गते, सोमबार ११:४७

वैशाख ३, २०८१ काठमाडौँ: नेपाल पर्यटन बोर्डको रिक्त उपाध्यक्षको पदमा पर्यटन ब्यवसायी राम प्रसाद सापकोटा (कमल) नियुक्त भएका छन । नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा चन्द्र रिजालको कार्यकाल सकिए संगै उपाध्यक्ष पद रिक्त रहेको थियो ।

National Life

सापकोटा धादिङ नीलकण्ठ नगरपालिका ज्यामरुङ निवासी हुन् । सफल पर्यटन व्यवसायीका रुपमा परिचत सापाकोटा टुकी नेपाल मार्फत समाज सेवामा समेत क्रियाशिल छन् ।

फ्रान्सको वर्ल्ड युनिभर्सिटीले मानार्थ विद्यावारिधी पाएका उनी ‘सापकोटाले साउथ एसियन यूथ टुरिजम अवार्ड र २०१९’ सूर्य नेपाल आशा सामाजिक उद्यमशीलता अवार्ड २०११ तथा एसियाभरीको अन्तर्राष्ट्रिय सस्टेनेबल टुरिजम इन्सपाइरिङ स्टोरी कम्पिटीसन २०१३ अवार्ड, टुरिजम म्यान अफ दि इयर अवार्डजस्ता दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड, सम्मान तथा पुरस्कारहरु प्राप्त गरि सकेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनी माउन्टेन डिलाइट्स ट्रेकिङ, काठमाडौं गार्डेन होम, दिदिज टेडर्स नामक ह्याण्डिक्राफ्ट, माउन्टेन डिलाइट टुर्स एण्ड ट्राभल, लगायतका कम्पनी सञ्चालन समेत हुन् ।

प्रतिकृया