• १४ जेष्ठ २०८१, सोमबार
  • 12:58 am

पाल्मेरको ह्याट्रिकमा म्यान्चेस्टर युनाइटेडमाथि चेल्सीको चमत्कारी जित

प्रकाशित मिति

२३ चैत्र २०८०, शुक्रबार ०९:१४

चैत्र २३, २०८० काठमाडौँ: इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले म्यान्चेस्टर युनाइटेडमाथि ४–३ गोलको जित निकालेको हो ।

घरेलु मैलान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा अन्तिम समयमा दुई गोल गर्दै चेल्सीले रोमाञ्चक जित दर्ता गर्यो । चेल्सीका कोल पाल्मेरले ह्याट्रिक समेत गरे ।

खेलको चौंथो मिनेटमा नै कोनोर गालाघेरको गोलबाट चेल्सीले सुरुवाती अग्रता बनाएको थियो । १९ औं मिनेटमा पाल्मेरले पेनाल्टीमा गोल थप्दै चेल्सीको अग्रता दोब्बर पारे । ३४ औं मिनेटमा अलेजान्ड्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई १–२ को स्थितीमा ल्याए ।

३९ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोेल गर्दै युनाइटेडलाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि गर्नाचोले ६७ औं मिनेटमा टोलीका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३–२ गोलले अघि बढाए ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा कोल पाल्मेरले २ गोल गर्दै चेल्सीलाई रोमाञ्चक जित दिलाए । युनाइटेडका डिओगो डालोटले चेल्सीका नोनी माडुकेलाई डि–बक्सभित्र लडाएपछि चेल्सीले पेनाल्टी पायो ।

पाल्मेरले त्यसलाई खेर जान दिएनन् र चेलसी ३–३ गोलको बराबरीमा आयो । यस्तै, अन्तिममा कर्नरबाट आएको पासलाई पाल्मेरले गोलमा परिणत गर्दै ह्याट्रिकसहित चेल्सीलाई जित दिलाए ।

यो नतिजापछि युनाइटेड ३० खेलबाट ४८ अंकका साथ छैटौं स्थानमा छ भने चेल्सी २९ खेलबाट ४३ अंकका साथ १० औं स्थानमा छ ।

प्रतिकृया