• ८ जेष्ठ २०८१, मंगलवार
  • 10:28 am

इलाम २ मा माओवादीबाट धीरेन्द्र शर्मा उम्मेदवार सिफारिस

प्रकाशित मिति

१९ चैत्र २०८०, सोमबार १६:४७

चैत्र १९, २०८० काठमाडौँ: सत्तारुढ नेकपा माओवादी केन्द्रले इलाम २ को उपनिर्वाचनमा धीरेन्द्र शर्मा तिमिल्सिनालाई सिफारिस गरेको छ ।

इलाम माओवादी जिल्ला समितिले केन्द्रीय सदस्यसमेत रहेका तिमिल्सिनाको नाम सिफारिस गरेको हो । इलाम २ मा तिमिल्सिनाको नाम सर्वसम्मत सिफारिस भएको कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले जानकारी दिए ।

इलाम २ मा एमालेले सुहाङ नेम्वाङ र रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरिसकेको छ। कांग्रेसले भने उम्मेदवारको टुङ्गो लगाउन बाकि छ ।

प्रतिकृया