• ९ असोज २०८३, शुक्रबार
  • १२ः२९ राती

सुनकोशीमा बेपत्ता तीनै बालबालिका मृत भेटिए

प्रकाशित मिति

२०८० चैत्र १४ गते, बुधबार ०५:२२

चैत्र १४, २०८० काठमाडौँ: होली खेलेर सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीनै जना बालबालिका मृत अवस्थामा भेटिएका छन् ।

National Life

आइतबार होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा पौडी खेल्दा उदयपुरको त्रियुगा नगरपालिका-१४ साउनेका १२ वर्षीय रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर बेपत्ता भएका थिए ।

खोजी गर्ने क्रममा मंगलबार धाप्लाङ घाटभन्दा करिब १ किलोमिटर तल रिदम मृत भेटिएका थिए । बुधबार बिहान धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा रेखाको शव भेटिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

र, बुधबार दिउँसो धाप्लाङ घाटभन्दा केही करिब १ किलोमिटर तल लोकबहादुरको शव भेटिएको सशस्त्र प्रहरीको बराह बाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलले जानकारी दिए ।

शव शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेश थापाले बताए ।

प्रतिकृया