• १४ जेष्ठ २०८१, सोमबार
  • 12:35 am

आयरल्यान्डसँग नेपालले आज दोस्रो टी २० खेल्दै

प्रकाशित मिति

१३ चैत्र २०८०, मंगलवार ०७:५५

चैत्र १३, २०८० काठमाडौँ: नेपालले आज आयरल्यान्ड उल्भससँग दोस्रो मैत्रीपूर्ण टी २० खेल्दैछ ।

पाँच खेलको ट्वान्टी–२० र तीन खेलको एकदिवसीय श्रृंखलाका लागि नेपाल भ्रमणमा आएको आयरल्यान्ड उल्भस (Ireland Wolves )सँग आज नेपालले दोस्रो ट्वान्टी–२० खेल्न लागेको हो । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे हुनेछ ।

ट्वान्टी–२० (T-20)श्रृंखलाको पहिलो खेलमा नेपालले हिजो आयरल्यान्ड उल्भ्सविरुद्ध ६ विकेटको सहज जित निकालेको थियो । नेपाल ‘ए’ ले आयरल्यान्ड उल्भससँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको श्रृंखला खेल्ने छ ।

जसअन्तर्गत सुरुका दुई ट्वान्टी–२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ ।

प्रतिकृया