• ९ असोज २०८३, शुक्रबार
  • १२ः०४ राती

मध्यपुर थिमि नगरपालिकाले हटाउँदै विज्ञापन कर नतिरेका होडिङ बोर्ड

प्रकाशित मिति

२०८० चैत्र १२ गते, सोमबार ०३:०७

चैत्र १२, २०८० भक्तपुर : मध्यपुर थिमि नगरपालिकाले विज्ञापन कर नतिरेका होडिङ बोर्ड हटाउने भएको छ । नगरपालिकाले आज सूचना प्रकाशित गर्दै ३० दिनभित्र विज्ञापनको कर तिर्न ताकेता गरेको हो ।

National Life

मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरूमा यस नगरपालिकाको अनुमति नलिई तथा कानून बमोजिम बुझाउनु पर्ने विज्ञापन कर समेत नबुझाई जथाभावि रूपमा विभिन्न व्यक्ति, संघसंस्था, कम्पनीहरूको विज्ञापन तथा प्रचार–प्रसार सामग्रीहरू राखिएको पाईएको सूचनामा जनाइएको छ ।

अनुमति नलिई तथा विज्ञापन कर नबुझाई राखिएका त्यस्ता होर्डिङ्ग बोर्ड, फ्लेक्स, व्यानर, डिस्प्ले बोर्ड, परिचयपाटि, वाल सटर पेन्ट्स, लोगो तथा चिन्ह लगायतका सम्पूर्ण विज्ञापन सामग्रीको ३० दिनभित्रैमा नगरपालिका राजस्व प्रशासन शाखामा कर बुझाउन नगरपालिकाले सूचनामा ताकेता गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कर नतिरि त्यस किसिमका विज्ञापनका सामग्री राख्ने व्यक्ति, संघसंस्था तथा कम्पनीहरूलाई आर्थिक ऐन, २०८० बमोजिम लाग्ने विज्ञापन कर तिर्न बुझाउन सूचनामार्फत् अनुरोध गरिएको छ । यदि सो समयसम्म अनुमति नलिए वा राजस्व नबुझाए कर नतिरि राखिएका सम्पूर्ण विज्ञापन सामग्रीहरू हटाई जफत गरिने सूचनामा जनाइएको छ ।

प्रतिकृया