• ८ असोज २०८३, बिहीबार
  • ७ः०५ बेलुका

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब २४ करोड

प्रकाशित मिति

२०८० फाल्गुन ३० गते, बुधबार ०३:४८

फागुन ३०, २०८० काठमाडौँ: साताको कारोबारको चौथो दिन आज नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २ दशमलव ४८ अंकले घटेर २१०८ दशमलव ८२ को विन्दुमा पुगेको छ ।

National Life

आज ३१० कम्पनीका ७३ हजार ५ सय ६ पटकको कारोबारमा १ करोड ८८ लाख ९ हजार ६ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ४८ अंकको गिरावट आएर ३७४ दशमलव ६५ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी हाइड्रोपावर कम्पनीहरूको कारोबार भएको छ भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरहरुको भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया