• 3:28 am

विवादित लुम्बिनी सम्मेलन स्थगित

प्रकाशित मिति

२०८० फाल्गुन २२ गते, मंगलवार ०५:३६

फागुन २२, २०८० काठमाडौँ: लुम्बिनीमा गर्न लागिएको भनिएको लुम्बिनी शिखर सम्मेलन स्थगित भएको छ ।

नेपाल सरकार तथा लुम्बिनी प्रदेश सरकारले बुद्धभूमी लुम्बिनीमा यही फागुन २८ र २९ मा सो सम्मेलन गर्ने तयारी गरेको थियो । तर मंगलबार बसेको लुम्बिनी प्रदेशको मन्त्रीपरिषद बैठकले सो सम्मेलन स्थगित गरेको हो ।

विश्वका नोबल शान्ति पुरस्कार विजेताहरुलाई बोलाएर सो ‘लौरेट्स एण्ड लिडर समिट’ को आयोजना गरिएको थियो । सो सम्मेलनमा सहभागिताका विषयले गर्दा विवादित भएको थियो । विकसित नयाँ राजनीतिक परिस्थितिका कारण अन्तिम चरणमा आएर स्थगित गरेको हो ।

प्रतिकृया