• ८ असोज २०८३, बिहीबार
  • १०ः२१ राती

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित मिति

२०८० फाल्गुन २० गते, आईतवार १२:१०

फागुन २०, २०८० काठमाडौँ: साताकाे पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले बढेको हो ।

National Life

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी तोलाको १३९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया