• ८ असोज २०८३, बिहीबार
  • १०ः२३ राती

कोन्ज्योसोम गाउँपालिकाद्धारा सबै पालिकाका लागि अनुशरण योग्य काम

प्रकाशित मिति

२०८० फाल्गुन १८ गते, शुक्रबार ११:५६

फागुन १८, २०८० ललितपुर : ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले कार्यालयको आन्तरिक व्यवस्थापनका लागि सबै पालिकाका लागि अनुशरणयोग्य काम गरेको छ । दस्तावेज सुरक्षित गर्दै सुशासन र सेवा प्रवाहमा थप सहजता ल्याउने र कार्यालयको संस्थागत स्मरण कायम गर्ने उद्देश्यले अहिलेसम्म निर्माण भएका सबै दस्तावेजलाई व्यवस्थित गर्ने कार्यको थालनी गरेको हो ।

National Life

बिहीबार कोन्ज्योसोम गाउँपालिकाका कार्यलय प्रमुख र शाखा प्रमुखबीच कोज्योसोम गाउँपालिका स्थापना भएदेखिकै हालसम्मका फाइल, रजिष्टर, विभिन्न योजनाका दस्तावेज, प्रतिवेदन, विस्तृत परियोजना प्रस्ताव (डिपिआर) लगायतका सामाग्री बजबुझारथ गरी लिनेदिने कार्य भएको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले यस कार्यले गाउँपालिकाको अभिलेख सुरक्षित गरी सेवा प्रवाह र सुुशासन कायम गर्न थप सहजता भएको बताउनुभयो । दस्तावेज बजबुझारथ गर्ने कार्यले कार्यालयमा संस्थागत स्मरण कायम गर्न महत्वपूर्ण सहयोग पुगेको भन्दै आचार्यले भन्नुभयो, “यस कार्यले संस्थागत स्मरणका गर्दै कार्यालयको नियमित काममा सहजता आउने, कुनै पनि दस्तावेज खोजेको बेला सहजै भेटिने र कार्यालयका हरेक अभिलेख सुरक्षित रहने भएको छ ।”

Classic Tech Mobile
Classic Tech Desktop

अभिलेख व्यवस्थपन गर्ने कार्यमा प्रशासन शाखा प्रमुख काशीप्रसाद दाहाल, शिक्षा शाखा प्रमुख विष्णुप्रसाद आचार्य, आ.प्र. शाखा प्रमुख तप्तराज उपाध्याय, पशु विकास शाखा प्रमुख डा. सुरज गुरुङ, योजना प्रमुख चित्रदेव दाहाल, स्वास्थ्य शाखा प्रमुख जयराम संजेल, सूचना प्रविधि अधिकृत माधव घिमिरे र पूर्वाधार विकास शाखाका अशोक रोकायालाई आ–आफ्नो शाखासँग सम्बन्धित अभिलेखहरु बुझाइएको थियो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने हरेक स्थानीय तहले आन्तरिक कार्यालय व्यवस्थापन गर्नुपर्ने भएपनि अहिलेसम्म कुनै पनि पालिकाले आन्तरिक दस्तावेज सुरक्षित राखेको विवरण मन्त्रालयमा नआएको जनाएको छ । तर कोन्ज्योसोम गाउँपालिकाले भने आन्तरिक कार्यालय व्यवस्थापन गर्ने कार्य गरेर दस्तावेज सुरक्षित गर्दै सेवा प्रवाहमा थप सहजता गर्ने कार्य गर्नु समय सान्दर्भिक काम भएको जनाएको छ ।

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत आचार्यले गत भदौदेखि कार्य जिम्मेवारी लिएसँगै गाउँपालिकामा सेवा प्रवाह र सुशासन कायम गर्ने, सबै सूचकहरुलाई क्रमिकरुपमा कार्यान्वयन गर्दै जाने काम भएको छ ।

प्रतिकृया