• ९ असोज २०८३, शुक्रबार
  • १ः०८ राती

बुढानिलकण्ठमा दुईदिने “काठमाडौँ साहित्य महोत्सव” को आयोजना सम्पन्न

प्रकाशित मिति

२०८० फाल्गुन १५ गते, मंगलवार १२:०१

फागुन १५, २०८० काठमाडौँ: बुढानिलकण्ठमा दुईदिने “काठमाडौँ साहित्य महोत्सव” को आयोजना गरिएको छ । वरिष्ठ हास्यव्यङ्ग कलाकार मदनकृष्ण श्रेष्ठले सोमवार उद्घाटन गर्नुभएको सो महोत्सवमा बालबालिकाले लेख्नुभएको कथाको नेपाली भाषाको परिवर्तनका आभाहरू र अँग्रेजी भाषामा लेखिएको आई वील टेल यु अ स्टोरी पुस्तकको लोकार्पण गरिएको थियो ।

National Life

कलाकार श्रेष्ठले बुढानिलकण्ठस्थित इम्पेरियल वल्र्ड स्कुलका विद्यार्थीलाई सानो उमेरदेखि नाटक, कथा, कविता लेखन, चित्रकला र नाटकमा अभिनय गर्न बानी बसाल्ने लक्ष्यले आयोजित यस्ता महोत्सवले विद्यार्थीमा सिर्जिनसिल बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो अभिनय र गायन यात्राका सुरूवातका दिनहरूको स्मरण गर्दै अहिलेका बालबालिकालाई स्कुल पढ्दादेखि नै साहित्य, कलामा रम्ने अवसर पाएको भन्दै यस्तो मौकाको सदुपयोग गर्दै सक्षम नागरिक बन्न बालबालिकालाई आग्रह गर्नुभयो । सो स्कुलका प्रधानाध्यापक जुनिता कार्कीले विद्यार्थीलाई नेपाली/अँग्रेजी दुवै भाषामा कथा, गीत, कविता लेखन, नाटकमा अभिनय गर्न र चित्र बनाउन विद्यालयले वातावरण उपलब्ध गराएको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले विद्यार्थीलाई सक्षम नागरिक बनाउन गुणस्तीय शिक्षाको साथै यस स्कुलले हरेक वर्ष काठमाडौ साहित्य महोत्सवको आयोजना गर्दै आएको बताउनुभयो । सो स्कुलका संस्थापक अध्यक्ष कुमार कार्कीले आजका विद्यार्थी भोलि देशका कर्णधार हुन्, भन्ने नारालाई साकार पार्न विद्यार्थीको सिर्जना क्षमतालाई स्कुलले मञ्च प्रदान गर्दै विद्यार्थीका रचनालाई पुस्तकका रूपमा प्रकाशित र लोकार्पण समेत गर्दै आएको बताउनुभयो ।

दुईदिने काठमाडौँ साहित्य महोत्सवमा कला, भाषा,गीत, सङ्गीत तथा वाद्यवादनलगायतका विभिन्न क्षेत्रका २२ जना विज्ञले विद्यार्थीसँग सम्वन्धीत विषयमा विशेष अन्तरक्रिया गर्नेछन् भने बालबालिकाले बनाएका चित्रकलाको प्रदर्शनी, नेपाली,अँग्रजी भाषामा नाटक मञ्चन समेत गरिने आयोजकले जनाएको छ ।

स्टेनशनी, फेस पेन्टिङ र फुडका स्टल समेत राखिएको महोत्सवमा विद्यार्थीले आफुले अध्ययन गरिरहेका विभिन्न उपन्यासको बारेमा समेत चर्चा गर्नेछन् भने गीत, कविता, मुक्तक र कथा वाचन गरेर आफ्नो प्रतिभा देखाउनेछन् ।

प्रतिकृया