• ८ असोज २०८३, बिहीबार
  • १०ः३१ राती

आज मगर एकता दिवस मनाइदै, मगर बाहुल्य क्षेत्रमा स्थानीय बिदा

प्रकाशित मिति

२०८० फाल्गुन १५ गते, मंगलवार १०:५४

फागुन १५, २०८० काठमाडौँ: आज ४२औँ मगर एकता दिवस । मगर समुदायले देशैभरि विविध कार्यक्रम गरी दिवस मनाउँदै छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघ स्थापनाका अवसरमा मगर समुदायले प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएका छन् ।

National Life

विशेष गरी मगर बाहुल्य क्षेत्रमा विभिन्न कार्यक्रमहरू गरी दिवस मनाउने तयारी छ । ती क्षेत्रमा दर्जनौँ स्थानीय तहले स्थानीय विदा दिएका छन् ।

दिवसका अवसरमा पाल्पा र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सबै स्थानीय तहले स्थानीय विदा दिने निर्णय गरेका छन् । त्यहाँ मगर समुदायका विभिन्न संघसंस्थाहरूले झाँकी प्रदर्शनसहित सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसंख्या ६.९ प्रतिशत अर्थात् २० लाख १३ हजार चार सय ९८ रहेको छ ।

प्रतिकृया